लेबुलमा खुलाउनु पर्ने कुुराहरू
१. औषधिको नाम र परिमाण ।
२. औषधिको समूह वा उपसमूह ।
३. एलोप्याथिक, आयुर्वेदिक, यूनानी र होमियोप्याथिक प्रणालीमध्येको कुन औषधि हो ।
४. औषधिमा रहेको मुख्य तत्वको नाम, परिमाण र सो औषधि कुन ग्रन्थ बमोजिमको हो सो ग्रन्थको छोटकरी नाम ।
५. औषधि उत्पादन गर्ने कम्पनीको नाम, ठेगाना र देश ।
६. औषधि उद्योगको स्थापनाको लागि दिइएको सिफारिसपत्रको क्र.सं. ।
७. औषधि उत्पादनको लागि दिइएको उत्पादन अनुज्ञापत्रको क्र.सं. ।
८. औषधिको व्याच नं. ।
९. औषधिको उत्पादन मिति ।
१०. म्याद नाघ्ने औषधिको लागि म्याद नाघ्ने मिति ।
११. औषधिको मूल्य ।
१२. औषधि सञ्चय गर्ने तरिका र व्यवस्था ।
१३. समूह “क” को उपसमूह १ र २ मा परेका औषधिका सम्बन्धमा भए होसियार विष र “चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री–वितरण गर्न नहुने” भन्ने शब्दहरू र समूह “ख” मा परेको औषधिका सम्बन्धमा भए “होसियार” र “चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री–
बितरण गर्न नहुने” भन्ने शब्दहरू ।
१४. उमेरको अनुपातमा त्यस्तो औषधिको सेवन गर्न सकिने मात्रा ।
१५. त्यस्तो औषधिको सेवन विधि ।
१६. बाहिरी प्रयोगको लागि मात्र प्रयोग हुने औषधिका सम्बन्धमा भए “बाहिरी प्रयोगको लागि मात्र हुने” भन्ने शब्दहरू ।
१७. मानिस बाहेक अन्य जनावरहरूको लागि मात्र प्रयोग हुने औषधिका सम्बन्धमा भए “मानिसको लागि प्रयोग नहुने” भन्ने शब्दहरू ।
१८. शल्य चिकित्सामा प्रयोग हुने वा इन्जेक्सन वा यस्तै अन्य प्रक्रियाद्वारा शरीरभित्र पठाई प्रयोग हुने औषधि उत्पादन गर्दा जीवाणुमुक्त नगरिएको भए “जीवाणुमुक्त नगरिएकोले जीवाणुमुक्त नगरी प्रयोग गर्न नहुने” भन्ने शब्दहरू ।